तेह्रथुममा घरसंगै जलेर ६ वर्षीय बालक खरानी भए…


म्याङलुङ, ५ फागुन । तेह्रथुमको आठराई गाउँपालिका–३ ह्वाकूमा आज दिउँसो घरमा आगलागी हँुदा एक बालकको जलेर मृत्यु भएको छ ।

स्थानीयवासी रुद्र खातीको घरमा आगलागी हँुदा खातीको ६ वर्षीय छोरा मौसम खातीको जलेर मृत्यु भएको हो । आगलागीबाट खातीको दुईवटा घर जलेर पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नारायणप्रसाद गौतमले बताउनुभयो । घटनास्थलमा इलाका प्रहरी कार्यालय सङ्क्रान्ति बजारबाट प्रहरी टोली खटिएको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस
Advertisement