फैसला कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण
काठमाडौँ, ५ माघ । काभ्रे जिल्ला अदालतबाट मैना सुनुवार घटनाका दोषीहरुलाई २० वर्ष कैद सजाय हुने गरी सुनाएको फैसला कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गरिएको छ ।
एड्भोकेसी फोरम नेपालका निर्देशक ओमप्रकाश सेन ठकुरी र मैना बाल विकास समितिका अध्यक्ष देवी सुनुवारले आज संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गरी अदालतले २०७४ वैशाख ३ गते घटनाका दोषीहरुलाई २० वर्ष कैदको फैसला सुनाएको थियो ।
घटना भएको १३ वर्षपछि गरेको फैसला कार्यान्वयन गरी तीन दोषीहरु सैनिक अधिकृत बबी खत्री, सुनिलप्रसाद अधिकारी र अमित पुनः अझै पक्राउ नपरेकोप्रति सरकारको ध्यानाकर्षण गराइएको हो । रासस