हताइएको पशुपति शर्माको ‘लुट्न सके लुट…’ गितलाई जस्ताको तस्तै यू–ट्युबमा राख्न लोकदोहोरी प्रतिष्ठानको आग्रह


काठमाडौँ, ५ फागुन । गायक पशुपति शर्माको नयाँ गीत ‘लुट्न सके लुट कान्छा’बारे उठेका टिक्का टिप्पणीलाई सल्टाउन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालक आकस्मिक बैठक डाकिएको थियो ।

चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्माले दुईदिन अघिमात्र युट्युबमा अपलोड गरेको ‘लुट्न सके लुट कान्छा लुट्न सके लुट अरु देशमा पाइँदैन नेपालमै हो छुट‍..’ बोलको गित दर्शकमाझ लोकप्रिय बन्न सफल भएपनि विवादित भएपछि यसबारे निर्णय लिन प्रतिष्ठानको आकस्मिक बैठक बोलाईएको हो ।

वर्तमान सरकारको कडा आलोचना गरिएको उक्त गितका विषयमा सत्तारुढ नेकपाको भ्रातृ संगठन, युवा संघले विज्ञप्ति नै निकालेर विरोध गरेपछि प्रतिष्ठानका प्रथम उपाध्यक्ष समेत रहेका शर्माले शनिबार राति फेसबुकमा स्टाटस लेख्दै गीत हटाएको जनाएका थिए । उनले गीतलाई संशोधन गरेर चाँडै ल्याउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

पशुपती शर्माको उक्त गितले सामाजिक संजालसहित नेपाली राजनीतिलाई समेत तरंगित बनाएपछि उनको पक्ष र विपक्षमा तर्कहरु आईरहेको अवस्थामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष समेत रहेका गायक बद्रि पंगेनीले आकस्मिक बैठक बोलाइएको जानकरी गराऊँदै सबैलाई धैर्य गर्न आग्रह गरेका थिए ।

शर्माको उक्त गित विवादमा तानिएपछि बसेको लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको बैठकले एक विज्ञप्ति जारी गरि कसैको डर धम्की नआएको पुष्टि गर्दै गीतमा रहेका केहि शब्द फेर्ने इच्छा भएकाले युवट्युबाट हटाइएको जानकारी गराएको छ ।

प्रतिष्ठानको आज बसेको बैठकले यदि कसैको डर वा धम्कीमा गित हटाइएको भने जस्ताको त्यस्तै पुन अपलोड गर्न गायक शर्मालाई सुझाव दिएको छ ।

बिज्ञप्ति हेर्नुहोस् :

गीत हटाएपछिको पशुपति शर्माको पछिल्लो फेसबुक स्टाटस यस्तो छ ! (स्टाटससहित)

काठमाडौं, ५ फागुन । लोक तथा दोहोरी गायक पशुपति शर्माको ‘लुट्न सके लुट कान्छा…’ गीत यु्ुट्युबबाट हटाउन बाध्य पारिएको भन्दै सर्बत्र बिरोध भइरहेको बेला गायक स्वयमले फेसबुकमा एक स्टाटस अपडेट गर्दै प्रतिक्रिया दिएका छन् ।

गीतको बिषयलाइ लिएर सामाजिक सञ्जालमा प्रतिपक्षमा रहको राजनीतिक दलहरुले समेत विचार तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गरिएको भन्दै सरकारको बिरोध गरेका छन् ।

नेपाली कांग्रेस निकट नेपाल सांस्कृतिक संघ र विवेकशील साझा पार्टीको युवा संगठनले विज्ञप्ति प्रकाशित गरी गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । नेपाल सांस्कृतिक संघले सरकारले गीत, संगीतप्रति प्रहार गरेको भन्दै मौलिक हक र लोकतान्त्रिमाथि नै हस्तक्षेप गरेको आरोप लगाएको छ ।

यस्तै विवेकशील साझाको युवा संगठनले गीत प्रसारणबाटै हटाउन बाध्य पारिनु मौलिक हक प्रतिकुल भएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । संगठनले पूर्वएमाले निकट युवा संघ नेपाले गीतको विषयमा फेसबुक पेजमा गायक शर्मालाई बहिस्कार गर्न धम्कीपूर्ण सन्देश सम्प्रेषण गरेको भन्दै निन्दा गरेको छ ।

यता गायक शर्माले भने सल्लाह सुझावलाई आत्मसाथ गर्दै केही शब्द परिमार्जन गरी पुनः गीत अपलोड गर्ने भन्दै युट्युवबाट हटाएको बताउँदै आफ्नो आधिकारिक फेसबुक पेजमा एक स्टाटस अपडेट गरेका छन् ।

शर्माको स्टाटस जस्ताको त्यस्तै :

प्रतिक्रिया दिनुहोस
Advertisement