जुम्लामा प्रजातन्त्र दिवस मनाइने


सिञ्जा, ५ फागुन। जुम्लामा ६९ औँ राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म विविध कार्यक्रम गरी मनाइने भएको छ । यहाँ आज बसेको बैैठकले यही फागुन ६, ७ र ८ गते मनाउने निर्णय गरेको जिल्ला समन्वय समितिले बताएको छ ।

समितिका प्रमुख लालबहादुर सार्कीको अध्यक्षतामा बसेको बैठकले फागुन ६ गते जिल्ला स्वास्थ्य कार्यालयको अगुवाइमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा फलफूल वितरण, सरसफाइ तथा दीप प्रज्वलन गर्ने तथा
फागुन ७ गते प्रभातफेरी सहित जिल्ला प्रशासन कार्यालयमा सभा गर्ने निर्णय गरेछ । यसैगरी फागुन ८ गते शिक्षा विकास तथा समन्वय एकाइको अगुवाइमा माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता गर्ने कार्यक्रम तय भएको जिससका प्रमुख सार्कीले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस
Advertisement