ट्रेल रेसको उपाधि उमेश र प्रियालाई


भोजपुर, ५ फागुन।चौथो भोजपुर टे«ल रेसमा पुरुषतर्फ आमचोक गाउँपालिका–२ यँु का उमेश राई र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम हुनुभएको छ । उमेशले निर्धारित ३६ किलोमिटरको दूरी ३ घण्टा ३१ मिनेट ३२ सेकेण्डमा पार गर्नुभयो भने प्रिया राईले निर्धारित दूरी ५ घण्टा १९ मिनेट ८ सेकेण्डमा पार गर्नुभएको थियो ।

त्यस्तै पुरुषतर्फ द्वितीय भोजपुर नगरपालिका–५ बोखिम ढुङ्गेका सबिन तामाङ बन्नुभएको छ । तामाङले निर्धारित दूरी ३ घण्टा ४३ मिनेट ४ सेकेण्डमा पूरा गर्नुभएको थियो ।

त्यस्तै निर्धारित दूरी ४ घण्टा ८ मिनेट ३९ सेकेण्डमा पार गर्दै सोलुखुम्बु महाकुलुङ गाउँपालिका–५ का सुमन कुलुङ तृतीय बन्नुभएको छ । त्यस्तै महिलातर्फ द्वितीय भोजपुर नगरपालिका–१२ टक्सारकी प्रतिभा श्रेष्ठ बन्नुभएको छ । श्रेष्ठले ५ घण्टा ३६ मिनेट ३० सेकेण्डमा पूरा गर्नुभयो । सिन्धुपाल्चोक बतासेकी प्रिया तामाङले निर्धारित दूरी ६ घण्टा १ मिनेट ४८ सेकेण्डमा पार गर्दै तृतीय बन्नुभएको हो ।

दौड पौवादुङमा गाउँपालिकाको सानोदुङ्मा माविबाट दीर्घे भञ्ज्याङ, तिवारीभञ्ज्याङ, चिवाचुङडाँडा, हिलेभञ्ज्याङ, अरुणडाँडा, धापखर्क, मुँडे, पाँचधारे, देउराली हुँदै भोजपुर सदरमुकामको शहीद पार्कसम्म ३६ किलोमिटरमा गराइएको थियो । प्रतियोगितामा स्वदेशी तथा विदेशी महिला तथा पुरुष गरी १४६ जनाको सहभागिता रहेको आयोजकले जनाएको छ । दौडको प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सिट्ठी बजाएर उद्घाटन गर्नुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस
Advertisement