लोकदोहोरी प्रतिष्ठानको आकस्मिक बैठकले पशुपति शर्माको गीतबारे गर्यो यस्तो निर्णय (विज्ञप्ति सहित)


काठमाडौँ, ५ फागुन । गायक पशुपति शर्माको नयाँ गीत ‘लुट्न सके लुट कान्छा’बारे उठेका टिक्का टिप्पणीलाई सल्टाउन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालक आकस्मिक बैठक डाकिएको थियो ।

चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्माले दुईदिन अघिमात्र युट्युबमा अपलोड गरेको ‘लुट्न सके लुट कान्छा लुट्न सके लुट अरु देशमा पाइँदैन नेपालमै हो छुट‍..’ बोलको गित दर्शकमाझ लोकप्रिय बन्न सफल भएपनि विवादित भएपछि यसबारे निर्णय लिन प्रतिष्ठानको आकस्मिक बैठक बोलाईएको हो ।

वर्तमान सरकारको कडा आलोचना गरिएको उक्त गितका विषयमा सत्तारुढ नेकपाको भ्रातृ संगठन, युवा संघले विज्ञप्ति नै निकालेर विरोध गरेपछि प्रतिष्ठानका प्रथम उपाध्यक्ष समेत रहेका शर्माले शनिबार राति फेसबुकमा स्टाटस लेख्दै गीत हटाएको जनाएका थिए । उनले गीतलाई संशोधन गरेर चाँडै ल्याउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

पशुपती शर्माको उक्त गितले सामाजिक संजालसहित नेपाली राजनीतिलाई समेत तरंगित बनाएपछि उनको पक्ष र विपक्षमा तर्कहरु आईरहेको अवस्थामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष समेत रहेका गायक बद्रि पंगेनीले आकस्मिक बैठक बोलाइएको जानकरी गराऊँदै सबैलाई धैर्य गर्न आग्रह गरेका थिए ।

शर्माको उक्त गित विवादमा तानिएपछि बसेको लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको बैठकले एक विज्ञप्ति जारी गरि कसैको डर धम्की नआएको पुष्टि गर्दै गीतमा रहेका केहि शब्द फेर्ने इच्छा भएकाले युवट्युबाट हटाइएको जानकारी गराएको छ ।

प्रतिष्ठानको आज बसेको बैठकले यदि कसैको डर वा धम्कीमा गित हटाइएको भने जस्ताको त्यस्तै पुन अपलोड गर्न गायक शर्मालाई सुझाव दिएको छ ।

बिज्ञप्ति हेर्नुहोस् :

प्रतिक्रिया दिनुहोस
Advertisement