अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि एपिएफलाई


नवलपरासी, ५ फागुन । पश्चिम नवलपरासीको प्रतापपुरमा जारी पुरुष अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपिएफ क्लबले जितेको छ ।

एपिएफले भारतको लखनउ रेल्वेलाई आज भएको फाइनल खेलमा ३–१ गोलअन्तरले पराजित गरेको हो । एपिएफ २५–१९, २२–२५, २५–२० र २५–२० अङ्कका साथ विजयी भयो । प्रतियोगितामा भारतको गोरखपुर स्पोर्टस क्लब तेस्रो भयो । प्रथम हुने टिमले रु एक लाख ११ हजार १११, दोस्रोले रु ५१ हजार १११ तथा तेस्रोले रु २५ हजार १११ रुपैयाँ पुरस्कार प्राप्त गरे । प्रतियोगितामा नेपाल र भारतका गरी ६ टोली सहभागी थिए । रासस

प्रतिक्रिया दिनुहोस
Advertisement