मुटु छियाँ-छियाँ बनाउने यी बालिकाको तस्बिरको वास्तविकता यस्तो रहेछ !
एजेन्सी, ५ फागुन । पछिल्लो केहि दिन यता बिशेष गरि पुलावामा आतंककारी हमलापछि इन्टरनेटमा एउटा तस्बिर भाइरल भइरहेको छ । जुन तस्बिरमा एउटी बालिका बेस्सरी रोइरहेकी छिन् । यो तस्बिरलाई लिएर मानिसले विभिन्न किसिमका टिक्का टिप्पणी गरेता पनि यस तस्बिरको वास्तविकता भने बल्ल खुलेको छ ।
इंडियाएंटी फेक न्यूज वार रूम (AFWA) का अनुसार उक्त तस्बिर कस्मिरको जोहराको हो । आठ बर्षकी जोहराका पिता सन् २०१७ मा अनंतनागमा भएको आतंकारी हमलामा सहिद भएका थिए ।
२०१७ मा जोहरा जब स्कुलबाट बिदा भएर घर फर्किदै थिइन्, त्यतिबेला उनले आफ्नो पिताको मृत्यु भएको खबर सुनिन् । जोहराको हातमा मेहेन्दी लगाइएको थियो । किनकि त्यस समय उनकी ठुली दिदिको विवाह हुदै थियो । जोहराको पिता अब्दुल रशीद पीर, जम्मू कश्मीर पुलिसमा कार्यरत थिए। र अनंतनागमा आतंकवादिहरुको गोलि लागेर उनि शहीद भएका थिए ।