सामाजिक सद्भाव खल्बलिने कुरा फेसबुकमा लेखे ५ बर्ष कैद र १५ लाख जरिवाना !


काठमाडौं, ५ फागुन । सामाजिक सञ्जालमाथि कडाइ गर्न सरकारले नयाँ कानुन बनाउन लागेको छ ।

सरकारले सूचना प्रविधिका सम्बन्धमा व्यवस्था गर्न बन्न लागेको कानुनमा फेसबुकमा जथाभावी लेख्नेलाई १५ लाख रुपैयाँ जरिवाना र ५ वर्ष जेल सजाय हुने व्यवस्था गर्न लागेको हो ।

जातीय भेदभाव वा छुवाछुत हुने, शान्ति सुरक्षा भंग हुने कुरा सामाजिक सञ्जालमा राखेपछि १५ लाख जरिवाना र जेल सजाय तोकिएको छ । यसबाहेक बिना तथ्य वा आधार कसैको चरित्र हत्या गर्ने उद्देश्यले गाली बेइज्जती गरे पनि यही कानुनअनुसार कारबाही गर्ने प्रस्ताव सरकारले अघि सारेको छ ।

सामाजिक सञ्जालमा कसैलाई जिस्क्याउने, झुक्याउने, होच्याउने, हतोत्साहित गर्ने, हप्काउने, घृणा तथा द्वेष उत्पन्न गराउने र सूचना प्राप्त गर्नेलाई भ्रममा पार्न नहुने व्यवस्था राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement