नेपाल टेलिकमको टावर मर्मत गर्ने क्रममा सातौं तलाबाट खसेर एक जनाको मृत्यु !
काठमाडौँ, ५ फागुन । नेपाल टेलिकमको बबरमहलस्थित भवनको सातौं तलाबाट खसेर एक व्यक्तिको ज्यान गएको छ ।
आइतबार दिउँसो टेलिकमको टावर मर्मत गर्दै गर्दा सात तालाबाट खसेर भारतको उत्तर प्रदेश घर भइ हाल काठमाडौँ बस्दै आएका बसन्त राठौरको मृत्यु भएको हो ।
राठौर नेपाल टेलिकमका लागि मर्मत सम्भारको काम गर्ने एउटा कम्पनीमार्फत बबरमहलमा कार्यरत थिए ।
उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।