विप्लवको अनिश्चितकालिन प्युठान बन्दले सवारी साधन संचालन ठप्प


प्यूठान, ५ फागुन । नेत्र विक्रम चन्द “विप्लव” नेतृत्वको नेकपाले आव्हान गरेको अनिश्चितकालिन प्यूठान बन्दले जनजीवन प्रभावित भएको छ ।

नेकपाका एक नेतालाई बिनाकारण गिरफ्तार गरिएको भन्दै आइतबारबाट अनिश्चितकालिन प्यूठान बन्दको घोषणा गरिएको हो ।

पार्टीका जिल्ला सदस्य तथा यूवा संगठन प्यूठानका अध्यक्ष बामबहादुर बुढामगरलाई विनाकारण प्रहरीले गिरफ्तार गरेको विरोधमा आव्हान गरिएको यातायात बन्दले त्यहाँको जनजीवन कष्टकर बनेको हो ।

प्यूठानका जिल्ला सेक्रेटरी अजय जिएमले जारी गरेको विज्ञप्तिमा गत फाल्गुण २ गते यूवा संगठन प्यूठानका अध्यक्ष बुढामगरलाई गिरफ्तार गरि ४८ घण्टासम्म पनि रिहाई नगरेको भन्दै प्यूठानमा अनिश्चितकालिन यातायात बन्दको घोषणा गर्न बाध्य भएको उल्लेख गरिएको छ ।

जिल्लामा चल्ने लामो तथा छोटो दुरीका सार्वजनिक यातायात ठप्प भएपछि यात्रुहरु मारमा परेका छन् ।

बिज्ञप्ति हेर्नुहोस् :

प्रतिक्रिया दिनुहोस
Advertisement