तीन बर्षिय बालिकालाई बलात्कार गर्ने रमेश बिक पक्राउ !


काठमाडौँ , ५ फागुन । धारामा लगेर नुहाइदिने बहानामा तीन बर्षिय बालिकामाथि बलात्कार गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।

रूपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका-२ मनकामना बस्ने ३ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा सोहि स्थानका ३० वर्षीय रमेश बिकलाई प्रहरीले पक्राउ गरेको हो ।

बिकले शनिबार दिउँसो बालिकालाई घर नजिकै रहेको झाडीमा लगि बलात्कार गरेको प्रहरीले जनाएको छ । स्थानीयले नाबालिकामाथि बलात्कार भएको खबर गर्नासाथ घटनास्थलमा पुगेको प्रहरीको टोलिले बिकलाई तत्काल नियन्त्रणमा लिएको बताइएको छ ।

प्रहरीले आरोपित बिकलाई पक्राउ गरे पश्चात अनुसन्धान गरि कारबाहीको प्रक्रिया अगाडी बढाईसकेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement