प्रधानमन्त्री ओलीले लाक्पा शेर्पा र तारा देवीले गाएको गीतलाई नारायण गोपाल र अरुणा लामाले गाएको भनेपछि हंगामा !


काठमाडौं, ५ फागुन । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले भाषण गर्ने क्रममा अनेकन उखान टुक्का जोड्ने देखि लिएर गीतका हरफहरु भन्ने गरेको सबैलाई बिदितै छ । यहिँ क्रममा गएको बिहीवार देशवासीका नाममा गरेको सम्बोधनका क्रममा गम्भीर तथ्यगत त्रुटि गरेको कांग्रेसले आरोप लगाएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले उल्लेख गरेको गीतका गायक र गायिकाको नाम फरक भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले दावी गरे ।

‘ए कान्छा सुनको तारा खसाइ देउन, सुनको तारा मात्रा होइन जुन खसाइदेउ न’ ओलीले सम्बोधनमा उल्लेख गरेको लाक्पा शेर्पा र तारा देवीले गाएको गीतलाई नारायण गोपाल र अरुणा लामाको भनेर भनिएको प्रवक्ता शर्माले टिप्पणी गरे ।

कांग्रेसले सरकारको एकवर्षको काम तेस्रो श्रेणीमा समेत उत्तीर्ण नभएको आरोप लगाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement