बलिउडका लेजेण्ड स्टार अमिताभ बच्चनले काश्मिर भिडन्तमा ज्यान गुमाएका सैनिक परिवारलाई दुई करोड सहयोग गर्ने


एजेन्सी, ५ फागुन । बलिउडक लेजेण्ड स्टार अमिताभ बच्चन चलचित्रमा जति उत्कृष्ट अभिनय गर्छन् उत्तिकै सामाजिक क्षेत्रमा पनि सक्रिय रहन्छन् । उनको यो महान कार्यलाई जति प्रशंसा गरे पनि कमै हुन्छ ।

गत बिहिबार जम्मू–काश्मिरको पुलवामा भएको आत्मघाती हमलामा मारिएका केन्द्रीय रिजर्भ प्रहरी बल (सीआरपीएफ) का जवानका परिवारलाई अमिताभ बच्चनले आर्थिक सहयोग गर्ने भएका छन् ।

बच्चनले सीआरपीएफ जवानका परिवारलाई २.४५ करोड भारतीय रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने घोषणा गरेका हुन् । अमिताभले मारिएका प्रत्येक सैनिक परिवारलाई पाँच–पाँच लाख भारतीय रुपैयाँ दिने घोषणा गरेका छन् ।

गत वर्ष पनि अमिताभले देशको सुरक्षा गर्दा गर्दै शहीद भएका भएका ४४ जवानका परिवारलाई एक करोड भारतीय रुपैयाँ सहयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement