४४ भारतीय सेना मारिएको काश्मिरमा भएको डरलाग्दो आत्मघाती आक्रमणको सिसिटिभी फुटेज सार्बजनिक, मुटु दह्रो बनाएर हेर्नुहोस् ! (भिडियो सहित)
काठमाडौँ, ५ फागुन । भारतस्थित कशमिरमा विहिवार भएको आतंकवादी हमलाको सिसिटिभी फुटेज सार्बजनिक भएको छ ।
उक्त घटनामा ४४ जना अर्ध सैनिकको ज्यान गएको थियो । यस घटनाको चौतर्फी विरोघ भई रहदा नेपालको विभिन्न शहरहरुमा पनि विरोध प्रर्दशन भएको छ ।
काठमाडौं, सलार्ही , बिरगन्ज र महोतरीमा घट्नाको विरोध गर्दै स्थानियहरुले दोसीलाई कार्वाही गर्न माग गर्दै प्रर्दशन समेत गरेको जनाएको छ ।
त्यस्तै नेपालको नागरिकहरुले घटनामा ज्यान गुमाएका जवानहरूप्रति मैनवती बालेर श्रद्धाञ्जली व्यक्त गरेको छन ।
०००
यो पनि हेर्नुहोस :
४४ भारतीय सेना मारिएको काश्मिर आक्रमणको मुख्य योजनाकार हुन् काठमाडौँबाट प्लेन हाइज्याक गर्ने डरलाग्दो आतंककारी मौलाना मसूद अजहर, को हुन् त उनि ? र कहा छन ?
बीबीसी । काठमाडौँ । कश्मीरको पुलवामामा अर्धसैनिकहरूलाई लक्षित गरी बिहीवार भएको आत्मघाती आक्रमण जैश ए मोहम्मदले गराएको आरोप भारतले लगाएको छ।
दिल्लीले पाकिस्तानी भूमिबाट सञ्चालित सो लडाकु समूहका नेता मसूद अजहरलाई संयुक्त राष्ट्रसङ्घद्वारा आतङ्कवादीमा सूचित गर्न माग राखेको छ।
भारत प्रशासित कश्मीरमा बिहीवार भएको आक्रमण त्यहाँ भारतीय शासनविरुद्ध सन् १९८९ मा विद्रोह सुरु भएयताकै सबैभन्दा नराम्रो भएको मानिएको छ।
के हो जैश ए मोहम्मद
इस्लाम धर्मगुरु मौलाना मसूद अजहरले सन् २००० मा स्थापना गरेको यो उग्रवादी समूहलाई विगतमा भारतीय भूमिमा भएका कतिपय घटनाहरूका लागि जिम्मेवार मान्ने गरिएको छ। त्यस्ता घटनामा सन् २००१ मा भारतीय संसद्मा भएको आक्रमण पनि पर्छ जुन कारणले भारत र पाकिस्तानबीच झन्डै लडाइँ भएको थियो।
उक्त समूहले कश्मीरमा आत्मघाती बम आक्रमण गर्न थालेको ठानिन्छ। सन् २००० मा पहिलोपल्ट त्यस्तो आक्रमण गरिएको थियो। उक्त समूहलाई भारत, यूके, अमेरिका र संयुक्त राष्ट्रसङ्घले आतङ्कवादी सङ्गठन भनेका छन्। सन् २००२ देखि सो समूह पाकिस्तानमा पनि प्रतिबन्धित रहेको छ।
तर मसूद अजहर फरार रहेका छन्। उनी पाकिस्तानको पन्जाब प्रान्तको बहावलपुर क्षेत्रमा सक्रिय रहेका भन्ठानिएको छ। उनलाई संयुक्त राष्ट्रसङ्घमार्फत् नै आतङ्ककारी घोषित गर्ने भारतको विगतको प्रयासलाई चीनले रोक्दै आएको छ। भारतले ती मौलानालाई सुम्पन पाकिस्तानसमक्ष राखेको मागलाई इस्लामाबादले प्रमाणको अभाव भन्दै अस्वीकार गर्दै आएको छ।
मसूद अजहरको नेपाल पाटो
जैश ए मोहम्मदका संस्थापक मौलाना मसूद अजहरलाई सन् १९९४ मा हरकत उल मुजाहिद्दिन नामक उग्रवादी सङ्गठनको सदस्य भएको अभियोगमा भारतीय सुरक्षा सैन्यले गिरफ्तार गरेका थिए।
सन् १९९९ को डिसेम्बर २४ तारिखमा एउटा भारतीय विमान नेपालको राजधानी काठमाडौँबाट अपहरण गरेर कान्दाहार पुर्याइएको थियो।त्यसपपछि बन्दी साटासाट गर्दा भारतीय जेलमा रहेका अन्य उग्रवादीहरूसँगै मसूद अजहरलाई पनि रिहा गरिएको थियो।
त्यसलगत्तै उनले जैश ए मोहम्मद को स्थापना गरेका बताइएको छ। त्यसपछि उक्त समूहमा त्यस समय सक्रिय रहेका हरकत उल मुजाहिद्दिन र हरकत उल अन्सार आदि उग्रवादी सङ्गठनहरू मिसिन पुगेका थिए।
स्थापनाको दुई महिनाभित्रै जैश ए मोहम्मदले श्रीनगरस्थित भारतीय सेनाको स्थानीय मुख्यालयमा आत्मघाती बम हमला गरेर त्यसको जिम्मेवारी दाबी गरेको थियो।
कश्मीरका विभिन्न स्थानमा आक्रमण गरेको जैश ए मोहम्मदले सन् २००१ को १३ डिसेम्बरमा भारतको संसद् भवनमा र सन् २०१६ को जेनुअरी महिनामा पन्जाबको पठानकोटस्थित वायुसेनाको अखडामा भएको आक्रमण पनि गराएको ठानिएको छ।