गजुरेलको सनसनीपूर्ण खुलासा : प्रचण्ड मुर्ख होइन उनी चलाख हुन्, ओली सरकारबारे गम्भीर खुलासा (भिडियो सहित)


काठमाडौँ । देश भक्त जनगणतान्त्रिक मोर्चा का अध्यक्ष सि पि गजुरेल ले नेकपाका अध्यक्ष प्रचण्डलाई प्रतिक्रान्तिकारी को गोटि भएको आरोप लगाउनु भएको छ । मुलुकको बर्तमान सरकार को बिकल्प जनताले खोजीरहेको भन्दै वहाँ ले यो सरकारले जनतालाई महङ्गी को मारमा पारिरहेको र पुरानै शासनले जस्तै जनता चुसिरहेको आरोप लगाउनु भएको छ ।

सरकार भ्रष्ट ,बलात्कारी ,दुराचारीहरुको संरक्षण मा लागेकाले हिजो यिनिहरुलाइ बिस्वास गरेर मतदान गर्ने जनता आज पछुताइरहेको उल्लेख गर्नु भयो । नेता गजुरेल ले एउटा ब्यक्ति विशेष प्रवृत्ति माथी को टिप्पणी भन्न्दा पनि समग्र यो ब्यवस्था नै पुरानै चरित्र को निरन्तरता रहेकाले यो ब्यवस्था बदल्नु नै आजको आवस्यकता भएको उल्लेख गर्दै आफुहरु जनतालाई यहि कुरा बुझाउन लागि परिरहेको उल्लेख गर्नु भयो ।

प्रचण्ड र केसरजङ रायमाझीलाई एउटै तराजुमा हाल्दै गजुरेल ले प्रतिक्रान्तिका गोटिहरु क्रान्तिमा भ्रम सिर्जना गर्न खोजिरहे पनि राष्ट्र र सर्बहारा बर्गको जीवनमा अपनाइने परिवर्तन को संघर्स बाट पराजित भएरै छाड्ने बिस्वास समेत ब्यक्त गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस
Advertisement