साबधान ! गाउ गाउ पसे सुन ठगी गर्ने भारतीय नागरिक, दुईइ जना यसरी रंगेहात पक्राउ परे


पर्वत, ५ फाल्गुन । पर्वतको फलेवास नगरपालिका–९ भङ्गरामा सुन ठगी गर्दैै हिँड्ने दुई भारतीय नागरिक पक्राउ परेका छन् । स्थानीयवासीले दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिई शनिबार प्रहरीमा बुझाएका छन् । पक्राउ पर्नेमा भारत घर बताउने शिवारी साह र उनका साथी असर्फी शाह रहेका छन् । उनीहरुले सुन सफा गरिदिने भन्दै स्थानीय तेजप्रसाद पौडेल क्षेत्रीको श्रीमतीको कानको रिङबाट केही सुन लुकाएको पौडेलले जानकारी दिनुभयो ।

उनीहरुलाई स्थानीय शिक्षक शिवप्रसाद पौडेलको सक्रियतामा खोजी गर्दै जाँदा फलेवास नगरपालिका–८ लिमीठानाको नेपाने भन्ने स्थानमा फेला पारिएको र प्रहरी बोलाएर जिम्मा लगाइएको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement