कार्टुनभित्र पोको पारेर फ्याँकिएको अवस्थामा नवजात शिशुको शव फेला


झापा, ५ फागुन । जिल्लाको शिवसताक्षी नगरपालिका १० माईखोलाको पुलमुनी नवजात शिशुको शव फेला परेको छ ।

शनिबार दिउँसो ३ बजेतिर पुलमुनी कार्टुन भित्र भर्खर जन्मेको पुरुष बच्चा मृत अवस्थामा रहेको भन्दै स्थानियले प्रहरी चौकी माईधारमा जानकारी गराएपछि घटना सार्बजनिक भएको हो ।

बच्चा कसले फ्याँकेको हो भन्ने बारेमा अनुसन्धान भइरहेकोले घटनाबारे पूर्ण विवरण आउँन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement