दाउरा नलगे विद्यार्थीले खाजा खानै नपाउने !


बाजुरा, ५ फागुन । जुन बिद्यार्थीले स्कुल जाँदा दाउरा लाँदैनन् उनीहरुलाई सरकारले निशुल्क दिएको दिवा खाजा बिद्यालयले नदिने गरेको समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

जिल्लाको गौमुल गाउँपालिका–५ स्थित जीवनज्योति आधारभूत विद्यालयमा यस्तो भएको समाचार बाहिरिएको हो ।

ग्रामीण क्षेत्रका गरिब परिवारका बालबालिकालाई लक्षित गरी सरकारले आधारभूत तहमा निःशुल्क दिवा खाजाको व्यवस्था गरेको छ । विपन्न बालबालिकालाई विद्यालयमा आकर्षण गर्न सरकारले विश्व खाद्य परियोजनाको सहयोगमा दिवा खाजा कार्यक्रम सञ्चालन गरेको हो ।

विद्यालयहरूले सरकारले खाद्यान्न दिए पनि पकाउने इन्धन नभएका कारण विद्यार्थीलाई दाउरा बोकाउनु बाध्यता भएको जनाएका छन् । तर, दाउरा ल्याउन नसक्ने विद्यार्थीलाई खाजा नै नदिएर विद्यालयले साना केटाकेटीमाथि यातना भने पक्कै दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement