‘सरकारको काम हेर्न निर्मला पन्त हत्याकाण्ड, वाईडबडीमा घोटाला र ३३ किलो सुन काण्डबारे बुझे काफी हुन्छ’ : नेता पौडेल


दमौली, तनहुँ, ५ फागुन । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले कांग्रेसले मर्यादित तवरले सदन र बाहिरबाट कुरा उठाउँदा सरकारले गलत अर्थ लगाइएको बताएका छन् ।

गृह जिल्ला तनहुँको दमौलीमा राष्ट्रिय मगर संघले आयोजना गरेको प्रदेशस्तरीय प्रशिक्षणको उद्घाटनमा बोल्दै पौडेलले यस्तो बताएका हुन् ।

उनले मर्यादित तरिकाले गलत कामविरुद्ध आवाज उठाउँदा पनि सरकार सच्चिने संभावना नभएको जिकिर गरे ।

राज्यका सबै साधन र श्रोत सत्ताधारी दलले आफ्नो ढंगले चलाएको उनले आरोप लगाउँदै पौडेलले देशमा विकास र समृद्धिको बाटो कोरिने संभावना यो सरकारबाट नदेखिएको दावी गरे ।

माओवादीले युद्धका क्रममा उपयोग गरेको रुकुम र रोल्पा उस्तै भएको उनको भनाइ छ । देशमा सुशासन नभएको र भ्रष्टाचार बढेको भन्दै उनले सरकारको काम हेर्न निर्मला पन्त हत्याकाण्ड, वाईडबडीमा घोटाला, ३३ किलो सुन काण्डबारे बुझे मात्रै हुने बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement