Parle-G बिस्कुटको प्याकेटमा रहेकी बच्ची को हुन् ? यस बारे अचम्म लाग्ने तथ्यहरु हेर्नुहोस (भिडियो सहित)


भारतमा मात्र नभई नेपालमा पनि प्रचलित रहेको बिस्कुट हो Parle-G। आज हामी तपाईलाई पर्लेको बारेमा केहि अचम्म लाग्ने तथ्य बताउने छौँ। जुन सुनेर तपाई अचम्मित रहनु हुनेछ। भारतमा सबै भन्दा धेरै प्रयोग हुने यस बिस्कुट नेपालमा पनि धेरै प्रखात रहेको छ। अझ भारतमा यो बाहेक विस्कुट नखाने व्यक्ति समेत भेट्न सकिने कुरा चल्ने गरेको छ। हेर्नुहोस Parle-G बारे केहि अचम्म लाग्ने तथ्यहरु :

*यस बिस्कुट भारतीय बजारमा निक्लिएको लगभग ७८ वर्ष भैसकेको छ। यस कम्पनि सन् १९२९मा शुरु भए पनि उत्पादन भने १९३९ देखि शुरु गरेको थियो।

*यस कम्पनीले आफ्नो बिस्कुटको आफ्नो लोगो अहिले सम्म एकपटक पनि फेरेको छैन भने यस बिस्कुट भारतमा बिक्रि हुने बिस्कुट मध्यमा पहिलो नम्बरमा आउने गर्छ भने भारतमा प्रयोग हुने बिस्कुट मध्यमा यसको बजार ७०% रहेको छ।

*सुरुवाती समयमा पर्लेको “G”को अर्थ “Glucose” रहेको थियो। तर अहिले आएर भने यसको अर्थ ‘Genius” भनिने गरिन्छ।
यस बिस्कुटले पहिलो विज्ञापन १९८२मा दिएको थियो भने यस विज्ञापनमा बुढा हजुरबाबा र नातिनीलाई देखिएको थियो।

*सन् २०१० मा विश्वमा सर्वाधिक बिक्रि हुने बिस्कुटहरुमा Parle-G चार स्थान सम्म परेको थियो। तर भारतमा भने आफ्नो बर्चस्व धेरै समयसम्म राखेको यस बिस्कुटको नाम भने एक गाउको नामबाट जुरेको बताइने गरिन्छ।

को हुन् त्यो बिस्कुटको प्याकेटमा भएकी बच्ची?

वास्तवमा त्यस प्याकेटमा भएकी बच्ची काल्पनिक भएको बताइने गरिन्छ भने त्यस काल्पनिक चित्र कोहिसँग पनि सम्बन्धित नभएको कम्पनीको भनाइ रहेको छ। तर मानिसहरु नीरू देशपांडेलाई पार्ले गर्ल भनेर चिन्ने गरे पनि यस बच्चीको डीजाइन भने मगनलाल दैयाले १९६०मा गरेको बताइने गरिन्छ।

प्रतिक्रिया दिनुहोस
Advertisement