विवाह गर्दा यी कुरामा ध्यान दिनुहोस !
जो सुकै मानिसलाई पनि आफु भन्दा राम्रो व्यक्तिसंग जीवन बिताउन बिबाह गर्न चाहन्छन। हरेक पुरुषहरुको इच्छा,चाहना एक सुन्दर युवतीसँग विवाह गर्ने हुन्छ । पुरुषहरु विवाह गर्नुभन्दा अगाडी युवतीहरुको सुन्दरता हेर्ने गरेको पाईन्छ। तर हरेक पुरुषका लागि विवाह गर्नु अगाडी युवातीको चाल चलन वा स्वभावको बारेमा बुझ्नु महत्वपूर्ण हुनेगर्छ। यदि तपाईले विवाह गर्ने युवतीको स्वोभाव ठिक छैन भने सुन्दरताले मात्र केही हुने छैन।
कतिपय पुरुषहरु घरका अन्य सदस्यहरुको दवाबका कारण सुन्दर युवतीसँग विहे गर्न बाध्य हुने गर्छन्। यस्तो अवस्थामा घरका सदस्यहरु खुशी रहे पनि विवाह पश्चात पुरुषले विभिन्न समस्याहरु सामना गर्नुपर्ने हुनसक्छ।
सुन्दर युवतीहरु हरेक कुरामा पुक्त हुने गर्छ भन्नु गलत हुनेछ। उनीहरको सुन्दरतामा मन , गुण-अवगुण, संस्कार , स्वभाव ,लक्षण आदी कुराहरु नदेखिने हुँदा विहे गर्नु अगावै हरेक कुराहरुमा ध्यान पुर्याउन आवश्यक हुनेछ। यदि तपाईले कुनै पनि युवतीको सुन्दरता हेरेर विवाह गर्नु मूर्खता हुने र जीवन बिताउने क्रममा ठूलो गल्तिको महशुस हुने गर्छ।
जुन पुरुष युवतीको सुन्दरलाई आधार बनाएर विवाह गर्न तयार हुनेछ उसले जीवनमा कुनै सही निर्णय लिन नसक्ने हुँदा यस्तो अवस्थामा विवाहिक सम्बन्धमा समेत विभिन्न समस्याहरु उत्पन्न हुन सक्नेछन्। हरेक पुरुषले विहे गर्नु अघि युवतीको सुन्दरता मात्र नभई संस्कार समेत जान्न आवश्यक हुन्छ।
आचार्य चाणक्यमा उल्लेख उल्लेख गरिए अनुसार युवतीको व्यवहारलाई मुख्य प्राथमिकता दिन आवश्यक रहन्छ। राम्रो व्यवहार र संस्कार भएका युवतीले तपाईको घरमा सँधै सुख शान्ति राख्न कुनै कसर बाँकी राख्दैनन्।
उनीहरु हरेक दिन आफ्नो परिवारको खुशी खोज्न प्रयासरत रहन्छन्। चाणक्यका अनुसार रुपमा सुन्दर देखिने युवतीहरुमा अन्त्यन्त घमण्ड हुने भएकाले तपाईको सम्बन्ध राम्रो हुने सम्भावना कमै रहने गर्छ।त्यसैले विवाह गर्नु अगाडी गम्भीर भएर यी कुराहरुमा ध्यान दिन सक्दा जीवनमा आफूले सोचे अनुसारको सफलता हाँसिल गर्न सकिनेछ।