धनाड्यहरुको बिचित्रको सोच ! लाखौ पर्ने बिएमडब्लु कार भित्रै राखेर बुवाको शव गाडियो
एजेन्सी । विश्वमा सबैभन्दा चर्चित मान्छेको निधन हुँदा उनको शवलाई कसरी अन्तेष्टी गरिन्छ ? जो कोहीले भन्लान् राम्रो चिहान बनाएर त्यसैमा गाड्लान्।
कतिपयको सोचाइमा ठूलै मान्छे मरेपनि उसको लास महंगो खाले काठले जलाउलान् तर नाइजेरियाका एक व्यक्तिले आफ्नो बुवाको शवलाई बीएमडब्ल्यू कारभित्र राखेर गाडेका छन्।
९० हजार डलर पर्ने कार जसको नेपाली रुपैंया ९७ लाख रुपैयाँ पर्छ। उनले आफ्ना बुवाको शव त्यसै कार भित्र राखेर गाडेका छन्। भरखर सोरुमबाट ल्याएको कारसंगै बुवाको लाश गाड्दा चौतर्फी आलोचना भैरहेको छ।
बीएमडब्ल्यू एक्सफाइभमा राखेर बुवाको अन्तिम संस्कार गर्ने ती व्यक्तिको अनलाइनमा निकै चर्चा भइरहेको छ।
स्थानीय अडिटी सेन्ट्रलका अनुसार अजुबुईकले आफ्ना वृद्ध बुवाको अन्तिम यात्रालाई सहज बनाउनका लागि विलासी गाडी खरिद गर्ने सोच बनाएका थिए। त्यसै अनुरुप उनले बीएमडब्ल्यू एक्सफाइभ किने, बुवाको शवलाई त्यसभित्र राखे र ६ फिट गहिरो चिहान खनेर गाउँ नजिकै पुरे।
शव राखिएको कारलाई पुर्न लागेको तस्बिर अनलाइनमा भाइरल भएपछि ती व्यक्ति चौतर्फी आलोचित भएका छन्।
कतिपयले ती व्यक्तिले आफ्नो बुवालाई अन्तिम अवस्थामा दिएको सम्मानको कदर गरेका छन् भने बढीजसोले ती व्यक्तिसँग रिसाएका छन्। उनीहरुले मृतकको मजाक उडाएको भन्दै कार किन्ने पैसाले गाउँको विकास गरेको भए हुन्थ्यो भनी टिप्पणी गरिरहेका छन्।
स्थानीयले भनेका छन्, ‘त्यो कार किनेर गाड्नु भन्दा कार किन्ने पैसाले गाउँलेलाई पिउनका लागि राम्रो पानीको व्यवस्था गरे हुन्थ्यो।’