एउटी बच्चीलाई लाग्यो अच्चमको रोग जस्ले गर्दा पुरै अनुहार रौंले ढाकियो, बिस्तारै बाँदरको जस्तो अनुहार हुँदै !


एजेन्सी – एकजना यस्ती बच्ची छिन् जसको अनुहार बिस्तारै बाँदरको जस्तो हुँदै गइरहेको छ । यी बच्ची जहाँ पुग्छिन्, त्यहाँ मानिसहरू उनलाई घुरेर हेर्छन् ।

बच्चीको पूरा अनुहार रौंले ढाकिएको छ । बिचरी बच्चीलाई मानिसहरू मंकी फेस भनी चिढ्याउँछन् । यी बच्चीको खास नाम सुपात्रा सासुफान हो । उनी अन्य सामान्य बच्चाजस्तै सबै काम गर्न सक्छिन् तर अनौठो रोगका कारण उनको अनुहार चाहिँ फरक छ ।

यो रोगलाई अम्ब्रास सिन्ड्रोम वा हाईपरट्राईकोसिस भनिन्छ । अनुहारभरि अनि जिउभरि पनि रौं पलाउँछ यो रोग लागेपछि । बच्चीलाई लेजर उपचार गरिएको भएपनि ठीक भएन । सुपात्राका पिता समरुङका अनुसार, उनी जन्मिँदाखेरी नै अस्वस्थ थिइन् ।

उनको नाकको दुवै प्वाल जम्मा एक मिलिमिटर चौडा थियो । त्यसैले गर्दा उनलाई तीन महिनासम्म इन्क्युबेटरमा राखिएको थियो । उनी १० महिनासम्म अस्पतलामा बसेकी थिइन् ।

नेपालमा पनि यस्तो रोग लागेकी महिला देवी बूढाथोकीको उपचार भएको खबर आएको थियो । दोलखाकी देवीका तीन सन्तानको पनि अनुहारमा रौं पलाएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement