टाउकोमा प्रकाश बल्ने अचम्मको सर्प देखेपछि हेर्नेको भिड !


एजेन्सी, ४ फागुन । भारतको एक गाउँमा एउटा अचम्मको कोब्रा जातिको सर्प भेटिएको छ ।

कर्नाटकस्थित चिकमंगलुरुको होलमाकी गाउँमा एकता सर्प भेटिएको हो ।

गाउँका स्थानीय अविनाशको कुकुर खेतमा गएर अचानक भुक्न थालेपछि गाईवस्तु आएको भन्दै अविनाश खेततिर गएका थिए तर त्यहाँ उनले कोब्रा जातको अनौठो सर्प देखेका थिए । जसको शीरमा सुनौलो रङको प्रकाश देखिएको थियो ।

उक्त घटनापछि खेतमा कोब्रा हेर्नेको भीड लागेका थिए । साथै अहिले भारतका सोसल मिडियामा उक्त सर्पको भीडीयो भाइरल भएको छ ।

सबैको लागी यो अचम्म सर्प भए पनि विशेषज्ञका अनुसार त्यहाँ कुनै चमत्कारी नभइ कुनै प्रजातिको सर्पको टाउकोमा प्रकाश देखिने गर्छ । खेतमा आएको सर्पमा पनि त्यही प्रकाश देखिएको हो । विज्ञका अनुसार गर्मीका कारण सर्पको टाउकोमा चम्किलो प्रकाश देखिएको जनाएका छन ।

प्रतिक्रिया दिनुहोस
Advertisement