बाटोमा हिंडिरहेका दुई महिला एक्कासी सडक भासिएर गायब भएपछि…! (भिडियो सहित)
काठमाडौ, ४ फागुन । सुन्दा अचम्म लाग्ने घटना टर्कीमा घटेको छ । सुन्दा तपाईलाई पक्कै पत्यार नलाग्ला तर यो सत्य हो ।
टर्कीको एक सडकमा उभिएर बाटोमा गफ गरिरहेको अवस्थामा एक्कासी सडक भासिएर दुई महिला एकाएक गाएब भएका छन । । यो घटनाको भिडियो सामाजिक संजालमा अहिले भाइरल भएको छ ।
अक्टोबर २४ को दिनको स्थानीय समय अनुसार साँझ ४ बजेमा उक्त घटना घटेको थियो । भित्र पुरिएका दुई महिला एकाएक गाएब भएपछि घटनास्थलमा आएका प्रतक्षदर्शीहरु उद्धारको लागि आएको नजिकै रहेको सीसीटीवीमा कैद भएको भिडियोमा देखिएको छ ।
त्यसैगरी घटनामा परी घाइते भएका दुवै महिलाको तत्काल उद्धार गरिएको थियो भने उद्धार गर्ने बितिकै घाइते महिलाहरुलाई समयमै अस्पताल लागिएको कारण ज्यान बचेको जनाइएको छ ।
साथै भाग्यवस दुवै महिलालाई खासै ठूलो चोट नपुगेको कारण अहिले सामान्य उपचार पछि घर फर्किसकेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जानकारी दिएका छन् ।
भिडियो हेर्नुहोस् :