पशुपति शर्माको ‘लुट्न सके लुट कान्छा लुट्न सके लुट’ बोलको गीत युट्युबको ट्रेन्डिङमा ! (भिडियोसहित)


काठमाडौं, ४ फागुन । गायक पशुपति शर्माले नयाँ गीत सार्वजनिक गरेका छन् ।

भ्रष्टाचार विरोधी ‘लुट्न सके लुट् कान्छा’ बोलको गीतको भिडियो शुक्रबार सार्वजनिक गरेका हुन् ।

शुक्रबार मात्रै रिलिज भएको गीत यो समाचार तयार पर्दासम्म युबट्युब ट्रेन्डिङको ११ नम्बरमा पर्न सफल भएको छ ।

मास्टर डिग्री सकेर पनि जागिर खान नसकेको एक युवालाई अर्का एकजनाले लुट्न ‘प्रेरित’ गरिरहेको कथा गीतमा छ । ‘लुट्न सके लुट कान्छा लुट्न सके लुट, अरु देशमा पाइँदैन नेपालमै हो छु।‘

नेपालमा सार्वजनिक तथा सरकारी निकायमा भ्रष्टचारका कयौँ घटनाहरू सार्वजनिक भइरहेका बेला शर्माको यो पछिल्लो गीत आएको हो।वाइडबडी जहाज किन्दा आर्थिक घोटाला भएको, सुनकाण्ड र ठूलै नेता भ्रष्टाचारमा संलग्न भएको लगायतका विषय शर्माको गीतका विषय छन्।

यसअघि पनि सामाजिक विषयमा शर्माले गाएका व्यंग्यात्मक शैलीका लोक दोहोरी गीतहरू चर्चित छन् । यो गीतमा शब्दरसंगीत पनि गायक शर्माकै छ ।

भिडियोमा शर्मासहित मञ्जु विक र प्रज्योल भण्डारीले अभिनय गरेका छन् ।

भिडियो हेर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस
Advertisement