लोकप्रिय गायिका अञ्जु पन्त आखिर किन हिन्दुबाट क्रिश्चियन धर्ममा प्रवेश गरिन् ? यस्तो पो रहेछ कारण !


काठमाडौं, ४ फागुन । मिठो स्वरकी धनी गायिका अञ्जु पन्त हिन्दु धर्म त्यागेर क्रिश्चियन धर्ममा प्रवेश गर्दा चौतर्फी आलोचना भएको थियो । तर पनि उनले ती आलोचनालाई वास्ता नगरी निरन्तर संगीत साधनामा लागि परिन् । उनी भन्छिन् ‘म रहरले होईन वाध्यताले क्रिश्चियन भएँ ।’अहिले उनी समय मिलेसम्म चर्चमा जान्छिन् ।

उनको अनुसार उनी गायनमा चरमोत्कर्षमा थिईन् । भ्याई नभ्याई हुन्थ्यो । बिहानदेखि साँझसम्म स्टुडियोमै बिताउथिन् । एक्कासी बिरामी भईन् । धेरै डक्टरकोमा गईन् धेरै थरि औषधी खाईन् रोग पटक्कै निको भएन । एकजना साथीले धामीकोमा जान सुझाब दिए । गईन् । धामीले भने ‘तपाईको स्वरमाथी आँखा लागेको छ । यो रोग निको हुन निकै समय लाग्छ ।’

उनलाई लाग्यो धर्म परिवर्तन गरेपछि त आँखा नलाग्ला । क्रिश्चियन धर्म मान्नेहरुले धामी झाँक्रीमा विश्वास पनि गर्दैनन् । उनले क्रिश्चियन धर्म अंगालिन् उनको रोग निको भयो । उनी भन्छिन् ‘अहिले म फेरि पुरानै लयमा फर्किएको छु । म क्रिश्चियन भएकाले कसैको आँखा लाग्दैन ।’

प्रतिक्रिया दिनुहोस
Advertisement