बाख्रा पालनमा १४ करोड हिनामिना गरेको आरोप लागेका नेता थापाले त्यहिँ ठाउँमा पुगेर दिए यस्तो प्रतिक्रिया ! (स्टाटससहित)
नुवाकोट, ४ फागुन । काठमाण्डौका पुर्वमेयर केशब स्थापितले कांग्रेस संसद गगन थापालाई बाख्रापालन गर्न करोडौ रुपैया लिएर हिसाब नदेखाएको आरोप लगाएको प्रशंग अहिलेपनी उत्तिकै चर्चामा छ । सरकारी कोषबाट कृषि अनुदान भनेर लगेको १४ करोड हिनामिना गरेको आरोप छ गगन थापालाई ।
बाख्रापालन बिबादमा मुछिएका उनै गगन थापा हिजो सुनखानी हुँदै जिल्लाको दुर्गम राउतबेसी पुगेका थिए । त्यहाँ पुगेर उनीमाथि लागेको आरोपको खण्डन गरेका छन् । उनले त्यहाँ पुगेको तस्बिर सामाजिक संजालमा राख्दै लेखेका छन् ,‘आज नुवाकोटको राउतबेसी जाने क्रममा सुनखानीमा मैले कुनै समय बाख्रापालन गरेको ठाउँमा पुग्ने अवसर जुर्यो’ उनले भनेका छन्, ‘केही महानुभावहरूका अनुसार मैले सरकारी कोषबाट यही ठाउँ देखाएर १४ करोड हिनामिना गरेको हुँ रे।’
उनले आफूमाथि लागेको यो आरोपको छानबिन गर्न चुनौति पनि दिएका छन् । थापाले फेसबुकमा लेखेका छन ‘सरकारबाट ममाथि लागेको यो आरोपको छानबिन गरी ‘खसी’ सार्वजनिक गर्दिने विश्वास लिएको छु ।’
प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको सम्मुखमा थापाले कृषी सम्वन्धी अनुदान लिएर अनियमितता गरेको प्रशंग सार्वजनिक भएको थियो । काठमाडौं महानगरका पूर्वमेयर तथा हालका प्रदेश सांसद केशव स्थापितले बाख्रा पालनका लागि भन्दै थापाले व्यवसायीक कृषि आयोजना केन्द्र (प्याक्ट) मार्फत अनुदान लिएको तर बाख्रा पालन नगरेको खुलासा गरेका थिए।
उनकै लगानीमा ४ जनाले सुरु गरेको सुनखानी एकिकृत कृषि केन्द्रले राज्यकोषबाट १४ करोड लिएको तर स्पष्ट हिसावकिताव सार्वजनिक नगरेर रकम हिनामिना गरेको आरोप थापामाथी लाग्दै आएको छ ।