‘तरकारीवाली’लाई प्रेम प्रस्तावको ओइरो, अहिले के गर्दै छिन् त उनि ? (हेर्नुहोस् भिडियो कुराकानी)


काठमाडौं, ४ फागुन । केहि समय अगाडी सामाजिक सञ्जालमा ‘तरकारीवाली’ उपनामबाट चर्चित भएकी कुशुम श्रेष्ठ हिजोआज के गर्दै छिन् त ? यो आम मानिसको लागि चासोको बिषय बनेको छ ।

कामलाई पुजा गर्ने कुशुमको तस्बिर फोटोग्राफर रुपचन्द्र मर्हजनले खिचेर सामाजिक संजालमा पोस्ट गरेपछी उनि एकाएक भाइरल भएपछि उनले ‘लम्फु’ नामक चलचित्रमा खेल्ने अवसर समेत पाएकी थिइन् । उनै तरकारीवाली कुसुम मोडल एवं नायिकाको रुपमा स्थापित हुन मेहनत गरिरहेकी छिन् ।

केही समयदेखि मिडियामा नआएकी कुशुमले आफू नयाँ चलचित्रको तयारीका लागि व्यस्त रहेको बताइन् । उनी नृत्य र अभिनयको कक्षा पनि लिइरहेकी छिन् ।

चलचित्र तथा म्युजिक भिडियोमा अभिनय गर्न व्यस्त रहे पनि उनले पढाइलाई भने निरन्तरता दिइरहेकी छिन् । बिबिएस. प्रथम वर्षमा अध्यानरत कुशुमलार्ई अझै पनि थुप्रै प्रेमप्रस्तावहरु आउने गरेका छन् ।

उनै तरकारीवाली उर्फ कुसुम श्रेष्ठसंग नेपाल आजले गरेको कुराकानी हेर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस
Advertisement