कांग्रेसका तीन कोइराला नेता सजिए १२१ केजीको एकै मालाभित्र !


काठमाडौं, ४ फागुन । गिरिजाप्रसाद कोइराला फाउन्डेसनको कार्यक्रममा सहभागी हुन वीरगंज पुगेका नेपाली कांग्रेसका तिनै जना कोइराला नेताहरु एउटै माला पहिरिएका छन् ।

महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्यद्वय शेखर कोइराला र सुजाता कोइरालालाई शनिबार वीरगंजमा एउटै माला लगाइएको हो ।

फोटो प्रदर्शनी, कार्यालय उद्घाटन र विचार गोष्ठी उद्घाटन कार्यक्रममा तीनै नेतालाई १२१ किलोको एउटै माला पहिर्‍याइएको समाचारमा जनाइएको छ ।

कोइराला परिवार राजनीतिमा तीन तिर होइन एक भएर अघि बढ्नुपर्ने भन्दै आयोजकले एउटै माला पहिर्‍याइदिएका हुन् ।

केही समयअघि गृह जिल्ला विराटनगरमा पनि शुभेच्छुकहरुले कोइराला परिवारलाई एउटै माला लगाइदिएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement