बैंकको भित्ता फोरेर चोरहरु करोडौ रुपैया राखिएको सेफमा पुगेपछी


एजेन्सी । व्यावसायिक चोरहरुले देश कै ठुलो बैंकको भित्ता फोरेर चोरी गर्न खोजेको समाचारले अहिले सनसनी मच्ची रहेको छ । घटना हो भारतको पंजाव स्थित मोरिन्डा गाउको । जहाँ रहेको एचडीएफसी बैंकमा चोरी गर्ने ठुलो योजनाको साथ व्यावासायिक चोरहरु पुग्छन ।

ति चोरहरुले बैंकको भित्ता फोरेर करोडौ रुपैया रहेको फलामे सेफ सम्म पनि पुग्छन । तर त्यो फलामे सेफ निक्कै बलियो हुनाले गर्दा उनीहरुलाई त्यो फोर्न निक्कै गाह्रो हुन्छ । उनीहरुले ल्याएको औजारले त्यो सेफ फोर्न खोज्दा हल्ला हुन्छ र स्थानीयले त्यो कुरा थाहा पाउछन ।

प्रहरीका अनुसार ति चोरहरु अरुले थाहा पाएको चाल पाएपछि भाग्छन । उनीहरुले चलाखी पुर्वक सिसिटिभी क्यामेरा र अलार्मको तार सबै काटीसकेका थिए । त्यसैले ति चोरहरुको पहिचान हुन सकेको छैन ।

प्रहरीले घटनाको थप अनुसन्धान र चोरहरुको खोजी जारी राखेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement