यी हुन् नीता अम्बानीको १० महंगा वस्तु, जसको मूल्य सुनेरै सबैको उड्छ होस् हवास !


काठमाडौँ, ४ फागुन । भारतीय अर्बपति मुकेश अम्बानी र उनका परिवार विलासी जीवन शैलीको कारण हमेसा चर्चामा आइरहन्छन । कहिले मुकेश पत्नी निता अम्बानीले लगाएको सारीको मुल्यको कुरा हुन्छ त कहिले उनले अफिस जाँदा चढ्ने कारको कुरा हुन्छ । यति मात्रै नभएर नीताले चिया पिउने कपको समेत समाचार बन्ने गरेको छ । केहि महिना अगाडी मात्रै अम्बानीकी छोरी इशा अम्बानीको विवाहले पनि राम्रै चर्चा पायो । आज हामी तपाईहरुलाई नीता अम्बानीसँग भएका सर्वाधिक महँगो वस्तुबारे चर्चा गर्दैछौँ ।

१.जुत्ताको कलेक्सनः नितासँग विश्वको सबैभन्दा महँगो तथा चर्चित ब्रान्ड पेड्रो गार्सिया, जिमी चु, पेल मोडा जस्त्ँ चर्चित ब्राण्डका जुत्ता रहेका छन् । उनले लगाउने जुत्ताको मूल्य भारतीय एक लाख रुपैयाँ भन्दा कम छैनन् ।

२.घडीको कलेक्सनः उनलो लगाउने घडीको मूल्य पनि विश्वप्रसिद्ध रहेका छन् । निताले विश्वको चर्चित बुल्गारी, कार्डिएर, राडो, गुची, क्याल्भिन क्लेन र फोसिलका घडीहरु उनीसँग रहेका छन् । यी घडीको मूल्य डेढ लाखदेखि २ लाख सम्म रहेका छन् ।

३.गहनाः पारम्परिक सुन र कुन्दनको गहना मन पराउने निता सेलिटेड डायमन्डले बनेको गहना लगाउँछिन् । उनले लगाउँने औठीको मूल्य पाँचदेखि सात लाख रुपैयाँ पर्छन् । उनलाई सबैभन्दा धेरै मन पर्ने हिराको औठी मुकेशले प्रेम प्रस्ताव राख्दा दिएका थिए । उक्त औठीको मूल्य आजभन्दा तीस वर्ष अगाडी १८ हजार सात सय भारुमा किनेका थिए ।

४.एन्टिलिया हाउसः मुकेशको परिवार भारतको सबैभन्दा महँगो घरमा बस्छन् । उनको घर चार लाख स्क्वायर फिटमा फैलिएको २७ तले आलिशान घर रहेको छ । यो घरको मूल्य ६५ सय करोड रहेको बताइन्छ । उनको यो आलिसान घरमा स्विमिङ पुल, जि थिएटर, गार्डन हेली प्याड रहेको छ । यो घरमा स्नो रुम रहेको छ । जहाँ कश्मिरको कमीलाई पुरा गर्छ ।

५.सारी कलेक्सनः नितासँग विश्वकै महँगो साडी कलेक्सन पनि रहेको छ । उनीसँग ८ किलो सम्मको साडी रहेको छ । उक्त साडीको मूल्य ४० लाख भारु पर्ने बताइन्छ ।

६.कार कलेक्सनः निताको घरमा १ सय ६८ वटा कार पार्किङ रहेको छ । उनको घरमा रोल्स रोएस, मेबेक सिक्सटीटु, लेम्बोरजिनी, मर्सिडिज एस र मर्सिडिज एसएल ५०० समावेश गरिएको छ ।

नितालाई मेबेक सिक्सटीटु निकै मन पर्छ । यो कार उनका पती मुकेशले उपहार स्वरुप दिएका हुन् । यो कारको मूल्य १० करोड भारु पर्छ ।

७.तीन लाखको चियाः निताको घरमा तिन लाख पर्ने चिया सेवन गर्छन् । निताले चियाको सुरुवात जापानको सबैभन्दा पुरानो क्रोकरी ब्रान्ड नोरिटेकको कपमा हुन्छ । उक्त कपमा सुनको बोर्डर राखिएको छ । ५० पिस सेट कपको मूल्य डेढ करोड भारु पर्छ । एक कप चियाको मूल्य तीन लाख भारु पर्छ ।

८.ब्याग कलेक्सनः निताको ब्याग कलेक्शन पनि सानदारको रहेको छ । उनले प्रयोग गर्ने सानदार ब्याग विश्वकै महँगो रहेको छ । उनी हर्मेस, चनेल, गोयार्ड र जिमी चु जस्ता ब्राण्डका ब्यागहरु प्रयोग गर्छिन् । सानो साइजको क्लचमा हिरा जोडिएको छ । यो ब्यागको मूल्य तीन लाख देखि चार लाख बाट सुरु हुन्छन् । हालै उनलाई डायमन्ड कोटेड ह्यान्ड ब्यागमा देखिएको थियो ।

९.लिपस्टिकः उनीसँग लाखाैँ मुल्यको लिपस्टिक कलेक्सन रहेको छ । विशेष गरेर उनी अर्डरमा लिपस्टिक तयार गर्न लगाउँछिन् । उनले लगाउने लिपस्टिक करिब ४० लाख रहेको हुन्छ । उनले लगाउने लिपस्टिकमा सुन र चाँदीको पत्र रहेका हुन्छन् । उनले लगाउने लिपस्टिकमा सेड्स पनि विशेष प्रकारको हुन्छ ।

१०.नीजि विमानः भ्रमण गनै निकै रुचाउने निताको परिवार कहि कतै जानु पर्यो भने आफ्नो निजि बिमानको प्रयोग गर्छन् । उनीहरुले निजि चार्टड विमान प्रयोग गरेका छन् । उनीको थुप्रै निजी विमान रहेका छन् । तर उनको एउटा विशेष विमान नितालाई मुकेशले जन्मदिनमा उपहार स्वरुप दिएका हुन् । उक्त विमानको मूल्य ४ सय १५ करोड भारु पर्छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement