पल शाह र आँचल शर्माको ‘घरबार’ हुँदै ! (भिडियो सहित)
काठमाडौं, ४ फागुन । नव गायक कृष्ण कार्की र बिन्दु परियारको आवाजमा रहेको ‘घरबारमा’ बोलको गीत सार्वजनिक भएको छ ।
सन्तोष सुनारको शब्द र संगीत रहेको गीतमा पल शाह र आँचल शर्मा फिचर्ड गरिएको छ ।
गीतमा मायामा आउने घरबार र खानदानको कुरालाई देखाइएको छ । ‘गीतलाई युवापुस्ताले मन पराउनु हुन्छ भन्नेमा विश्वत छु’ डेब्यु गायक कृष्ण भन्छन् ‘मेरो सपना आजबाट साकार भएको छ , आश छ मैले देखेको सपनाको पथमा म सहि छु भन्ने ।’
कृष्णले आफ्नै क्षमताले यहाँसम्म आएको बताए । गीतलाई राजिव समरले कोरियोग्राफ गरेका हुन् , जसलाई रामकुमार केसीले छायाँकन गरेका छन् भने यसलाई निर्देशनसँगै सम्पादन टेकेन्द्र शाहले गरेका छन् ।
भिडियो हेर्नुहोस् :