राष्ट्रपतिद्वारा रजत महोत्सव उद्घाटन
सोलुखुम्बु, ४ फागुन। राष्ट्रपति विद्यादेवी भण्डारीले आज सोलु बहुमुखी क्याम्पसको रजत महोत्सवको उद्घाटन गर्नुभएको छ ।
समारोहमा राष्ट्रपति भण्डारीका लागि जिल्लावासीका तर्फबाट जिल्ला समन्वय समितिका प्रमुख वीरकुमार राईले अभिनन्दन गर्नुभयो । कार्यक्रममा ‘मेची–काली विश्व अभियान २०७५–२०८०’ को शुभारम्भ गरिएको थियो।