पाठ्यक्रम एकै प्रकारको हुनुपर्नेमा सांसद शाहको जोड


कपिलवस्तु, ४ फागुन । प्रतिनिधिसभा सदस्य अभिषेकप्रताप शाहले निजी र सामुदायिक विद्यालयका पाठ्यक्रम फरक भएकाका कारण सामुदायिक विद्यालयको विकास हुन नसकेको बताउनुभएको छ ।

कपिलवस्तुको शिवराज नगरपालिका–२ हल्लानगरस्थित बाल शिक्षा आधारभूत माध्यमिक विद्यालय भवन शिलन्यासका क्रममा उहाँले भन्नुभयो, “देश एउटै, भाषा एउटै तर देशभित्रका शैक्षिक संस्थाका पाठ्यक्रम फरक भएकाले शिक्षाको गुणस्तर बढ्न नसेको हो भन्नुभयो । उक्त विद्यालयको भवन निर्माणका लागि सांसद शाहले संसदीय कोषको रकमबाट रु ३५ लाख उपलब्ध गराउनुभएको थियो ।

वडा नं २ का वडाध्यक्ष रामबहादुर थारुले विद्यालयमा शिक्षक र घरमा अभिभावकले विद्यार्थीलाई असल संस्कार सिकाउनुपर्नेमा जोड दिँदै विद्यालयमा पढाइको गुणस्तर वृद्धि गर्न र राम्रो नतिजा ल्याउन बजेट अभावमा तड्पिन नपर्ने सुझाव दिनुभयोे । रासस

प्रतिक्रिया दिनुहोस
Advertisement