माईजु-भान्जा काण्डको लियो उग्ररुप, प्रहरी चौकी मै पुलिस माथि हातपात, कृष्णहरीले देखाए मिडियामाथि नै दादागिरी (भिडियो)


काठमाडौँ । सिन्धुली स्थायी घर भएकी कल्पना बस्नेत खड्काले आफ्नै भान्जाले यौनदुर्ब्यबहार गरेको तथा दिदी भिनाजुले सम्पतिका लागि चरम यातना दिएको घट्ना सार्वजनिक भए सँगै चर्चामा आएकी छिन्।

उनले गत साता पत्रकार सम्मेलन गरी उनले आफूलाई आमाजु दिदि–भिनाजु तथा भान्जाहरुबाट पटक–पटक बलात्कारको प्रयास भएको, ज्यान मार्ने धम्की तथा अश्लिल भिडियो र तस्बिरहरु पठाएर वर्षाेदेखि यातना दिँदै आएको आरोप लगाएकी थिईन। उनले सरकारसमक्ष आफ्नो जीवन रक्षाको माग समेत् गरेकी छिन्।

कल्पना बस्नेत खड्का अधिकारकर्मी सावित्री सुवेदीसहित मङ्गलबार सिन्धुली जिल्ला प्रहरी कार्यालय जाँदा स्थानीय बासिन्दाले घेरा हालेर नाराजुलस गरेका थिए । उनीहरुले एकपक्षिय कुरा सुनेको बन्दै चर्को विरोध गरेका थिए। कल्पनाका एक छिमेकीले तथा प्रत्यक्षदर्शीले कल्पना र कृष्ण हरि खड्काले गलत आरोप लगाएको बताए। उनले कृष्ण र कल्पनाको विवाह समेत् झुटो हुन्सक्ने बताएका छन्।

स्थानीय बासिन्दाहरुले विधुवाआमालाई कृष्णहरिले अंश दिनु भन्दै पटकपटक खुटेको आरोप लगाएका छन्। कल्पना र कृष्णको घरमा गर्ने व्यवहार पनि राम्रो नरहेको बताएका छन्। बलात्कारको अभियोग लागेको अनिषकी आमा रुँदै भनिन्, ‘मेरो आमालाई रुवाएर घरबाट निकाल्दा समाज र मिडियाले केहि गर्न सकेन अहिले छोरालाई गलत आरोप लगाइन, कल्पनाले धम्कि दिएको म्यासेज मेरो मोबाइलमा पनि छ।’ बाँकी हेर्नुहोस भिडियोमा ।

प्रतिक्रिया दिनुहोस
Advertisement