नेपाली छोरीचेलीको तस्करी हुने मुख्य नाका दिल्ली पुगेर ग्राउन्ड जिरोबाट रिपोर्टिङ गर्दै रबि लामिछाने (तस्बिर सहित)


फाल्गुन ४ काठमाडौं । चर्चित सञ्चारकर्मी रवि लामिछानेको टिम यति बेला भारतको दिल्लीमा छ । न्युज२४टेलिभिजनबाट प्रसारित लोकप्रिय कार्यक्रम ‘सिधा कुरा जनतासंग’ का पुरा टिम मानव तस्करीको अन्तरास्ट्रिय संजाल खोज्दै दिल्ली पुगेको हो ।

नेपाली छोरी चेलीको उद्दार गर्दै सिधा कुरा जनतासँगको आजको श्रृङखला पनि भारतको दिल्लीबाटै प्रसारण हुने रबि लामिछानेले बताएका छन्। खाडीका विभिन्न मुलुकबाट दर्जनौ महिलाहरुको उद्दार गरिसकेका रबिलामिछाने तस्करी गर्ने मुख्य नाका दिल्ली नै पुगेर रिपोर्टिङ्ग गर्दैछन ।

दिल्लीबाट रबि लामिछानेले फेसबुकमा यस्तो लेखेका छन :

”दलालका हर्कत सुन्दा आक्रोश बड्छ, पीडितका कुरा सुन्दा आशु झर्छ। मानव तस्करीको अन्तरास्ट्रिय संजाल खोज्दै ग्राउन्ड जिरोबाट रिपोर्टिङ गर्दैछौ। खतरनाक दलालहरुको जरा खोज्दै चेलीहरु बचाउने एउटा प्रयास, सिधा कुरा दिल्ली बाटै LIVE, आज राति ८:४५ बजे।”

तस्बिर : दिपक बोहरा

प्रतिक्रिया दिनुहोस
Advertisement