१४ करोड चिट्ठामा जितेपछि आफु र आफ्नो आफन्तको ज्यान जाने डरले यी युवक मास्क लगाएर पुगे पैसा थप्न (फोटो सहित)


एजेन्सी । जमैकाका एक भाग्यमानी युवक जसले लोटरीमा जितेका छन् १० लाख पाउण्ड । तर दुखको कुरा के भने उनले जितेको रकम हाशी खुसि लिन भने सकेनन । त्यो रकम लिन पुरै शरीर ढाकिने लुगा मात्र हैन अनुहारमा मास्क र हातमा पन्जा पनि लगाउनु पर्यो ।

समाचारका अनुसार ए क्याम्पबेल नाम गरेका युवकले जमैकान सुपर लोटोमा १० लाख पाउन्ड (रू १४ काराेड ६० लाख) काे चिठ्ठा जितेका हुन् । यत्ति ठुलो रकम जितेको खुसियाली भने उनले सार्बजनिक रुपमा मनाउन पाएनन् । कारण यति धेरै रकम चिट्ठा परेको थाहा पाए उनलाई पैसा माग्ने मात्र हैन धनको लोभमा हत्या सम्म गर्न सक्ने ति युवकले बताए ।

क्यारेबियन देशहरुमा सार्बजनिक रुपमा मोटो रकमको कारोबार भए अपराध हुन सक्ने समाचार स्रोतले बताएको छ । त्यसै कारण ति युवकले आफ्नो पहिचान खुलाए आफ्ना आफन्तको पनि ज्यान जोखिममा हुने र आफ्नो पनि जोखिममा हुने डरले त्यसरी मास्क लगाएका थिए । तर यसरी मास्क लगाउने उनि भने पहिलो हैनन् । यस अघि पनि धेरैले लोटरी जित्दा मास्क कै प्रयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement