अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा राष्ट्रिय संकटकाल घोषणा, अब मेक्सिको बोर्डरमा इतिहास कै अग्लो र लामो पर्खाल लगाइने जहाबाट कोहि पनि अमेरिका छिर्न सक्ने छैनन् (भिडियो)
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रिय संकटकाल घोषणा गरेका छन्। मेक्सिकोसंग जोडिएको आफ्नो बोर्डरमा पर्खाल लगाउनको अलगी उनले आफ्नो कार्यकारी शक्तिको प्रयोग गर्दै यो राष्ट्रिय संकटकाल घोषणा गरेका हुन् ।
संसद्ले बजेट विनियोजन नगरेपछि राष्ट्रपति ट्रम्पले संकटकाल घोषणा गरेका हुन् । विश्वभरबाट गैर कानूनी रुपमा अमेरिका प्रवेश गर्ने आप्रवासी र तस्करहरुलाई रोक्न, मेक्सिकोबाट अमेरिका ल्याइने खर्बौ डलरको लागु औषधहरु रोक्न, मेक्सिकोबाट आउने गुण्डागर्दी रोक्न भन्दै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मेक्सिको बोर्डरको पर्खाललाई राष्ट्रपति निर्वाचित हुनु पुर्व नै आफ्नो कार्ययोजनामा राखेका थिए । उनको यो एजेन्डाले गर्दा पनि लाखौ भोट आएको अनुमान गरिएको छ ।
उनले पर्खाल लगाउन तल्लो सदन कंग्रेस समक्ष बजेट माग गरेका थिए। तर डेमोक्रेटहरुको असहयोगका कारण उनको त्यो माग पुरा नभएपछि कंग्रेसलाई बाइपास गर्दै संकटकाल घोषणा गरिएको हो।
पर्खाल लगाए पछी सबै संकटको अन्त्य हुने हुदा यसबाट कोहि पनि अत्तालिन नहुने राष्ट्रपति ट्रम्पले बताए । संकटकाल घोषणासँगै मेक्सिकोको सीमामा पर्खाल लगाउन आफूले झण्डै ८ अर्ब अमेरिकी डलर प्रयोग गर्न पाउने उनले बताए ।
पर्खाल लगाएपछि मेक्सिकोबाट खर्बौ डलरको ड्रग्स आउन रोकिने, बोर्डरमा कम आर्मी खटाए पछि कम खर्च हुने जसबाट पनि धेरै पैसा जोगिने हुदा पर्खालमा लागेको खर्हा त्यसै उठ्ने राष्ट्रपति ट्रम्पले बताए ।
राष्ट्रपति ट्रम्पले राष्ट्रिय संकटकाल घोषणा गरेसंगै डेमोक्र्याट्स पार्टीका उच्च नेताहरुले ट्रम्पको कदमलाई अदालतबाट चुनौती दिने बताएका छन् । संकटकाल घोषणासँगै ट्रम्पले अर्बौँ डलर पैसा आफ्नो पर्खाल बनाउने योजनामा प्रयोग गर्न पाउने उनीहरूले बताएका छन् ।
विपक्षीले अदालतमा मुद्दा हाले पनि फैसला आफ्नो पक्षमा हुने राष्ट्रपति ट्रम्पले विस्वास गरेका छन।
राष्ट्रपति ट्रम्पले राष्ट्रिय संकटकाल घोषणा गरेको भिडियो हेर्नुहोस :