विमानस्थलका रेस्टुरेन्टहरुले यात्रु लुट्दै, १० रुपैयाको पानीलाई १०० रुपैया (भिडियो)


काठमाडौ । त्रिभुवन विमानस्थलमा कति सम्म लुट हुन्छ भन्ने त्यहाँ रहेको रेस्टुरेन्ट कफी सपमा गएर हेर्दा थाहा हुन्छ । हुने खानेलाई त ठिकै होला तर त्यो विमानस्थलबाट गरिबले पनि यात्रा गर्दछन । ति गरिबहरुले खान त के छुन पनि सक्दैन, त्यस्तो छ त्यहाको मूल्य ।

चर्चित मोडल तथा अभिनेता पल शाह र उनका टिमहरु विमानस्थल पुग्दा उनीहरुले खोचेको भिडियोले त्यो प्रमाणित गर्दछ । होलसेलबाट १० रुपैयामा किनेर लागेको मिनिरल वाटरलाई त्यहाँ १०० रुपैया पर्छ । यानिकी १० गुणा बढी फाइदा लिन्छन उनीहरु । यो त एउटा उदाहरण मात्र हो । त्यहाँ हरेक चिज फाइभ स्टार होटेलको भन्दा कम छैन ।

गरिब देशको थोत्रो विमानस्थल भित्र पनि न्युयोर्कको मूल्य राख्नु कति उचित होला । सम्बन्धित निकायको ध्यान जानु पर्ने हो ।

भिडियो हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
Advertisement