बलिउड चर्चित अभिनेत्री अमिशा पटेलविरुद्ध ठगी मुद्दा दर्ता


एजेन्सी। बलिउड चर्चित अभिनेत्री अमिशा पटेलविरुद्ध ठगी मुद्दा दर्ता भएको छ । मुरादाबादको एक इभेन्ट कम्पनी मालिकले एसीजेएम अदालतमा अमिशामाथि मुद्दा दर्ता गरेको हो । पैसा लिएर कार्यक्रममा उपस्थित नभएपछि उनि विरुद्द ठगीको आरोप लागेको भारतीय संचार मध्येमले जनाएको छ। खबरअनुसार घटना १६ नोभेम्बर २०१६ को हो।

मुरादाबादमा ड्रिम भिजन इभेन्ट मेनेजमेन्ट कम्पनी सञ्चालन गर्ने पवन बर्माको आरोप छ कि उनका एक ग्राहकको विवाहमा डान्स गर्न अमिशालाई ११ लाख रुपैयाँ दिइएको थियो। यो रकम न्यु म्याक्स इन्टरटेनमेन्ट कम्पनीको नामबाट लिइएको थियो। तर १६ नोभेम्बरमा अमिशा विवाहमा नृत्य गर्न गइनन्।

पवनले अमिशा पटेल र उनका सहयोगी अहमद सरिफलाई धेरै पटक फोन गरे तर कसैले पनि फोन उठाएनन्। अमिशा र उनीसँग आउनेहरूका लागि प्लेन टिकट र होटेलको व्यवस्था गरिसकिएको थियो।

यसका साथै उनको सुरक्षका लागि बाउन्सरको पनि व्यवस्था गरिएको थियो। विवाहमा नगएर अमिशा दिल्लीबाटै अफ्ना साथीसँग मुम्बई फर्केकी थिइन्। यसपछि पीडित एसीजेएम अदालत पुगेका हुन्। अमिशा, अहमद सरिफ, सुरेश परमार र राजकुमार गोस्वामीविरुद्ध धारा १२० बी, ४०६, ५०४, ५०६ अन्तर्गत एसीजेएममा मुद्दा दायर गरिएको हो। अदालतले उनीहरु सबैलाई १२ मार्चमा उपस्थितिको लागि बोलाएको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement