भारत कै चर्चित ‘सारेगमप लिटिल च्याम्प्स’ मा नेपाली बालक आयुष केसीले जजहरुलाई पारे चकित, लगाई दिए नेपाली ढाका टोपी (भिडियो)


काठमाडौं। इन्डिया कै सबै भन्दा ठुलो गायन प्रतियोगिता ‘सारेगामापा लिटिलच्याम्पस’ मा नेपालका एक बालकले धुम मच्चाएका छन । भक्तपुरको मोर्डन बोर्डिङ स्कुल कक्षा ७ मा पढ्ने १२ वर्षीय आयुष केसीले उत्कृष्ट गित गाउदै जजहरुको मन जितेका छन ।

सिन्धुपाल्चोकका आयुष केसीको पहिलो प्रस्तुति शनिबार प्रसारण हुँदैछ, यस प्रस्तुति पछि उनी टप १५ मा पुग्नेछन्। सानै देखि गितमा रुची राख्ने आयुषले यस अघि पनि राष्ट्रव्यापी बालगायन रियालिटी कार्यक्रम सुरशाला जुनियर आइडल पहिलो संस्करणमा प्रथम भएका थिए ।

अहिले सामाजिक संजालमा भाइरल भइरहेको आयुषको प्रोमो हेर्नुहोस :

प्रतिक्रिया दिनुहोस
Advertisement