कार्यकक्षमै कुटिय सभामुख !


काठमाडौँ, ४ फागुन । प्रदेश नं २ का सभामुख सरोज यादवमाथि हातपात भएको छ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवम् प्रदेश २ का सांसद सत्यनारायण मण्डलसहितका सांसदहरूले सभामुखमाथि बिहिबार हातपात गरेका हुन् ।

प्रदेश २ को सार्वजनिक लेखा समितिको सभापति पदमा उम्मेदवारी दिएको विषयमा विवाद भएको थियो । सोही क्रममा नेकपाका सांसद मण्डलले सभामुख सरोज यादवमाथि कार्यकक्षमै हातपात गरेका हुन् ।

सार्वजनिक लेखा समिति सभापतिको विषयलाई लिएर नेकपा भित्रै भएको विवाद हातपात सम्म पुगेको बताइएको छ । लेखा समितिमा नेकपाको संस्थापन समूहले भरत साहलाई अगाडि बढाएको थियो। तर नेकपाकै सांसद शत्रुधन महतोले विद्रोह गर्दै समितिको सभापतिमा उम्मेदवारी दर्ता गराएपछि विवाद भएको हो ।

नेकपाका शत्रुधन महतोले नेपाली कांग्रेस र संघीय समाजवादी फोरम नेपालको समर्थनमा उम्मेदवारी दर्ता गरेका थिए । दलबलसहित सभामुखको कार्यकक्षमा पुगेका मण्डलले टेबुल ठोक्नुका साथै सभामुख सरोज यादवलाई शत्रुधन महतोको उम्मेदवारी खारेज गर्न दवाव दिँदै हातपात गरेका थिए ।

नेकपाका आधिकारिक उम्मेदवार भरत साहलाई नेकपाकै सांसद लगनलाला चौधरी र रामकुमार यादवले मात्रै समर्थन गरेपछि आक्रोषित हुँदै हातपातसम्म गरेको एक श्रोतले बताएको छ ।

कांग्रेसले नेकपालाई विभाजन गर्न खोजेको सत्यनारायण मण्डलको आरोप छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement