गाडी सर्भिसिङको क्रममा खुल्यो यी महिलाको कर्तुत, आफ्नै नाबालिका छोरीलाई यस्तो अवस्थामा राखेकी थिइन् ! घटनाको बेली बिस्तार सुनेर रसाय सबैको आँखा !!
काठमाडौ, ४ फागुन । फ्रान्सकी एक महिलाले जघन्य अपराध गरेको कुरा तव मात्रै खुल्यो जब उनको गाडी सर्भिसिङको लागि दिइन् । एक ५० वर्षीय महिलाले जब ग्यारेजमा गाडी बनाउन ल्याइन् तब मेकानिकले उक्त गाडीको धनीले भनेको कुरा नमानेपछि यो अचम्मको घटनाको प्रर्दाफास भएको हो ।
रोजा मारिया डा क्रुज नाम गरेकी ती महिलाले गाडी बनाउने मेकानिकलाई गाडीको डिकी कुनै पनि हालतमा नखोल्नु भनेर सुझाएकी थिइन् तर ती महिलाको कुरा सुनेपछि मेकानिकलाई झन् शंका लाग्यो र कुनै पनि हालतमा डिकी खोलेर त्यसभित्र लुकेको रहस्य बाहिर ल्याउने सोचे । सोहि अनुरुप उनले डिकी खोलेर हेर्दा कहिलेदेखि लुकाएर राखेको कुपोषित बालिका भेटियो । त्यसपछि उसले पुलिसलाई फोन गरेर बोलाएपछि सबैले यो घटना देखेर क्रोधित भएका थिए ।
प्रहरीसामु बयानका क्रममा ती महिलाले आफ्नो पहिले नै ३ जना बच्चा भएकोले अब बच्चा जन्माउन नचाहेकाले यो चौथो सन्तान चाहि लुकेर जन्माएर यसरी डिकीमा राखेको बताइन् ।
त्यसपछि उनीहरु दुवै दम्पतिलाइ प्रहरीले नियन्त्रणमा लिएर उनीहरु विरुद्ध मुद्धा चलाएको छ । तर रोजाको श्रीमानलाई भने यो कुरा थाहा नभएकाले उनलाई यस घटनाबाट सफाइ दिएको छ । भने उनका तीन बच्चाहरु पनि केयरहोमबाट पितासँगै घर फर्केका छन् । ती महिला भने जेलमा नै रहेकी छिन् । नवजातलाई अझै पनि विशेषज्ञको निगरानीमा राखिएको छ । अहिले उनीविरुद्ध मुद्दाको सुनुवाइ चलिरहेको छ ।