यी हुन् दुईटा योनी भएकी युवती, जसले एउटा योनी बन्द गर्ने डाक्टरको सल्लाह अस्वीकार गरिन् !


एजेन्सी, ५ फागुन । हेजल जोन्स नामकी एक युवतीको दुई वटा योनी भएको जब थाहा भयो उनि दुखि हुनुको सट्टा झन् खुशी भइन् । आफ्नो शरीरमा भएको असामान्य अंगलाई प्रायजसोले उपचार गरी सामान्य अवस्थामा ल्याउन चाहन्छन् तर यी युवतीले भने उपचार गर्न अस्विकार गरेकी छिन् ।

यी युवतीको दुई वटा योनीमध्ये एउटा बन्द गर्न डाक्टरले सुझाए पनि उनले मानिनन् । हेजल १८ वर्षको हुँदासम्म आफ्नो शारीरिक अवस्थाको बारेमा जानेकी थिइनन् । उनले अन्य महिलाको जस्तै आफ्नो पनि योनी रहेको सोचिरहेकी थिइन् ।

तर, पहिलोपटक जब आफ्नो ब्वाइफ्रेन्डसंग उनको यौन सम्बन्ध भयो तब मात्रै उनले यो बारे थाहा पाएकी थिइन् । उनका ब्वाईफ्रेण्डले उनलाई दुईवटा योनी भएको बताएका थिए ।

डाक्टरका अनुसार दुइवटै योनीसंगै दुईवटा ओभरी पनि छन् । जसले गर्दा दुईवटा गर्भ रहन्छ । यो खालको विरामीलाई ‘उतरुस डिडेल्फीज्’ भनिन्छ । उनले आफ्नो कुनै एउटा योनीलाई बन्द नगर्ने बताएपछि यो कुरा सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यसपछि उनलाई पोर्न इन्डस्ट्रीबाट निकै अफर आए । तर, उनले सबै अफरलाई अस्वीकार गरिन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement