विवाहित महिलाले आफ्नो पतिलाई नामबाट बोलाउँदा हुन्छ यस्तो अशुभ !


काठमाडौं, ४ फागुन । घर गृहस्थीमा सुख शान्ति र अमन चयनका लागि धार्मिक आस्था राख्नु आवश्यक हुन्छ । कुनै पनि व्यक्तिले जन्म देखि मृत्यु सम्म आफ्नो परम्परा र रितिरिवाज अनुरुप जीवनको यात्रा अगाडी बढाउनु उत्तम मानिन्छ । हिन्दु धर्म अनुसार केही नियमहरु पालना गरेमा दुख नष्ट हुने र जीवनमा सुख प्राप्ति हुने बताइएको छ ।

हिन्दु धर्ममा विवाहलाई पनि ठुलो धार्मिक महत्व दिने गरिन्छ । जसमा पुरुष र महिलाले जीवनभर एकअर्कालाई साथ दिने कशम खाँदै अग्नि सामू घुम्ने सहित अरु थुप्रै बिधि सम्पन्न गरि विअवाहिक सम्बन्ध कायम गर्ने परम्परा रहेको छ । साथै कुनै पनि जोडी वैबाहिक सम्बन्धमा बाधिएपछि पत्नीले आफ्नो पतिलाई नाम लिएर बोलाउन नराम्रो मानिन्छ ।

धेरै समय पहिला महर्षि वेदव्यासले यस्तो कुरा बताएका छन् कि पत्नीले आफ्नो पतिको नाम लिएर बोलाउदा पतिको आयु घट्दै जाने गर्छ । जति धेरै पटक आफ्नो पतिलाई नामले बोलायो त्यहि क्रममा उसको आयु घट्दै जाने कुरा धर्मशास्त्रमा उल्लेख गरिएको छ । त्यसैले हिन्दु धर्ममा महिलाहरुले आफ्नो पतिको नाम उच्चारण गर्न डराउने गर्छन ।

धेरै मान्छेहरुलाई केही कुराको रहस्य बुज्नको लागि समय लाग्न सक्छ । हिन्दू धर्मको अनुसार, घरका महिलालाई लक्ष्मी मानिन्छ, र पत्नीले पनि आफ्नो पतिलाई भगवानको रूपमा सम्मान गर्छन् । यी सबै कुराले गर्दा वैवाहिक जीवनले सफलता पाउँछ ।

पुरुषको मात्र नभई महिलालाई समेत सम्मान हुने परिवारमा सदैव सुख र सम्बृद्धिले वास गरिरहन्छ । आजको यो समयमा कलियुग भन्दै पुराना परम्परा छोड्ने प्रवृति बढ्दै गैरहेको छ जसले गर्दा परिवारमा तनावको अवस्था सिर्जना हुने र व्यक्तिको जीवन समेत अन्योलमा पर्ने गरेको पाइने गर्छ ।

अहिले पनि हामी राम्रो सँग देख्न सक्छौ कि जुन घरमा आफ्नो धर्म र रितिरिवाज अनुरुप संचालन हुन्छ त्यस परिवारमा सधैब सुख र शान्ति प्राप्त हुन्छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement