युभेन्ट्स १४ अंकले इटालियन सिरी एको पहिलो स्थानमा


एजेन्सी, ४ फागुन । युरोपियन फुटबल अन्तर्गत इटालियन सिरी एमा युभेन्ट्स शिर्ष स्थानमा रहेको छ ।

शुक्रबार राती घरेलु मैदानमा फ्रोसिननलाई ३-०ले पराजित गर्दै १४ अंक बढीका साथ युभेन्टस पहिलो स्थानमा रहन सफल भएको हो ।

युभेन्ट्सको जितमा पाउलो, बाउन्सी र रोनाल्डोले गोल गरे ।

खेलको ६ औँ मिनेटमा पाउलो डिबालाले पेनाल्टी क्षेत्रबाट पाएको रोनाल्डोको पासको सदुपयोग गर्दै गोल गरे । यो सँगै युभेन्ट्सले सुरुवाती अग्रता लियो । डिबालाको सिरज ए अन्तर्गत सिजनको तेस्रो गोल हो र नोभेम्बर यताको लिगको पहिलो गोल ।

१७ औँ मिनेटमा लिओनार्दाे बाउन्सीको गोलले युभेन्ट्स दोब्बर अग्रता बनायो । फ्रासिननलाई मिलेको फ्रि किकको सदुपयोग हुन नसक्दा पहिलो हाफ यतिमै सिमित रह्यो । ६३ औँ मिनेटमा क्रिस्टियानो रोनाल्डोको गोलबाट तेस्रो गोल थपेर युभेन्ट्सले ३-० को जित हात पारेको हो ।

योसँगै ६६ अंकसहित पहिलो स्थानमा रहेको युभेन्ट्सले २४ खेल खेलेको छ । भने दोस्रो स्थानमा रहेको नापोलीले २३ खेलमा ५२ अंक रहेको छ । युभेन्ट्ससँग हारेको फ्रोसिनन १६ अंक सहित १९ औँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement