सुन्दर धनगढी उपमहानगरपालिका योजना सम्पादनमा पनि उत्कृष्ट !


काठमाडौँ, ४ फागुन । कैलालीको धनगढी उपमहानगरपालिका देशकै उत्कृष्ट उपमहानगरपालिका भएको छ ।

नगर विकास कोषबाट सञ्चालित योजना सम्पादनमा धनगढी पहिलो नम्बरमा आउँदै उत्कृष्ट उपमहानगरपालिका भएको हो ।

धनगढी सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगर हो । दुई सय १७ नगरपालिकामध्ये धनगढी कार्यसम्पादन, कार्यान्वयनमा उत्कृष्ट भएको मेयर नृपबहादुर वडले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement