यी हुन् संसारकै सबैभन्दा धेरै कमाउने ८ चलचित्र – जसको कमाइ सुन्दा तिन छक पर्नुहुन्छ


एजेन्सी । विशेषतः मानिसलाई मनोरञ्जन दिन चलचित्रको निर्माण गरिन्छ । कुनै चलचित्रले दर्शकको मन जित्न असफल हुन्छ त कुनै चलचित्र दर्शकको मन जित्दै अर्बाै रुपैयाँ कमाउन पनि सक्षम हुन्छन् । भारतीय सञ्चार माध्यमकाअनुसार हालसम्म धेरै कमाएका चलचित्रमा हलिउडका रहेका छन् ।

धेरै कमाउने यी हुन् आठ चलचित्र :

१. अवतार

सन् २००९मा रिलिज भएको अवतारको कमाइ हालसम्म कुनै चलचित्रले तोड्न सकेको छैन । जेम्स कैमरनले निर्देशन गरेको यस चलचित्रले २ अर्ब ७८ करोड ७९ लाख ६५ हजार ८७ डलर कमाएर हालसम्मकै सबैभन्दा बढी कमाउने सूचीको पहिलो नम्बरमा पर्न सफल भएको छ ।

२. टाइटानिक

टाइटानिक नामक जहाज डुबेको यथार्थ घटनामा आधारित यस चलचित्रले २ अर्ब १८ करोड ६७ लाख ७२ लाख हजार तीन सय दुई डलर कमाएको थियो । टाइटानिकलाई जेम्स कैमरनले नै निर्देशन गरेका थिए । धेरै कमाउने चलचित्रमा यो दोस्रो नम्बरमा छ ।

३. स्टार वार्स : द फोर्स अवेकन्स

जे जे अब्राहमले निर्देशन गरेको स्टार वार्स ः द फोर्स अवेकन्स सांसरकै सबैभन्दा बढी कमाउने तेस्रो चलचित्र हो । यसले २ अर्ब ६ करोड ८१ लाख ७८ हजार २ सय २५ डलर कमाएको छ ।

४. जुरासिक वर्ल्ड

यो चलचित्र सबैभन्दा बढी कमाउने चौथो चलचित्र हो । कार्लिन ट्रेवार्न निर्देशित यो चलचित्रले १ अर्ब ६७ करोड ४ लाख ६ सय ३७ डलर कमाएको थियो ।

५. एवेन्जर्स

एवेन्जर्स एक सुपरहिरोको चलचित्र हो, जसलाई जोस वोदोनले निर्देशन गरेका छन् । यस चलचित्रले १ अर्ब ५१ करोड ९५ लाख ५७ हजार ९ सय १० डलर कमाएको छ ।

६. फास्ट एन्ड फ्यूरिसय ७

सन् २०१५मा आएको फास्ट एण्ड फ्यूरियस श्रंखलाको सातौँलाई जेम्स वनले निर्देशन गरेका थिए । यस चलचित्रले १ अर्ब ५१ करोड ६० लाख ४५ हजार ९ सय ११ डलर कमाएको छ ।

७. एवेन्जर्स–ऐज अफ अलट्रोन

एवेन्जर्सको सिक्वेल यो चलचित्रले १ अर्ब ४० करोड ५४ लाख १३ हजार ८ सय ६८ डलर कमाएको थियो । यसलाई जान्स व्हेडनले निर्देशन गरेका थिए ।

८. हैरी पोटर एण्ड द डेथली हैलोज

हैरी पोटर सिरिज यस चलचित्रले १ अर्ब ३४ करोड १५ लाख ११ हजार २ सय १९ डलर कमाएर संसारकै सबैभन्दा बढी कमाउने आठौं चलचित्रको रेकर्ड राखेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement